गोरखा २ मा बाबुराम भट्टराई ७१७४ मतान्तरले विजयी

Date:December 10, 2017

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरेका हुन् ।

भट्टराईले ३१ हजार १०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् ।


Loading...

Facebook