| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | रुकुम |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 34402 |
रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा जनार्दन शर्मा विजयी भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।
जनार्दन शर्मा ‘प्रभाकर’ माओवादीका प्रभावशाली नेताहरुमध्येका एक हुन् । ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा उनले लोडसेडिङ हटाएर आफूमात्र चर्चामा आएनन् प्रचण्ड नेतृत्वको सिंगो सरकारकै साखसमेत जोगाइदिए।
त्यसलगत्तै उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रालयको जिम्मेवारी हात पार्न सफल भए । उनी हाल विनाविभागीय मन्त्री छन् । स्नातकसम्म अध्ययन गरेका उनले शान्ति मन्त्री र सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका छन् ।