कास्कीमा वाम गठबन्धनको ठूलो अग्रता

Date:December 9, 2017

प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले आठ हजार ७०१ मतले पछ्याईरहनुभएको छ । ।

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ्याईरहनुभएको छ । ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले नौ हजार ५९३ मत सहित पछ्याईरहनुभएको छ । ।

तीन वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।
प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिनुभयो ।


Loading...

Facebook