बलान विहुलमा फोरम नेपाल विजयी

Date:September 23, 2017

संघीय समाजवादी फोरम

सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

फोरमका दयानन्द गोइत दुई हजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले एक हजार ३२२ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एक हजार ८०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गर्नुभएको छ ।

सुरुङ्गामा काँग्रेस विजयी 
काँग्रेसका मुक्तलाल चौधरी पाँच हजार २७९ मत ल्याएर सुरुङ्गा नगरपालिका प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामनारायण चौधरीले पाँच हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै विन्दु पासवान पाँच हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकै सविना डोटेलले आठ हजार चार मत प्राप्त गर्नुभएको छ ।

आचारसंहित मिचे संघीय समाजवादी फोरम, नयाँ शक्ति र सेतोपाटीले


Loading...

Facebook