चौबीस वटा स्थानीय तहसहित ६१० वडाको मतपरिणाम सार्वजनिक

Date:September 22, 2017

मतपरिणाम सार्वजनिक

तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहिबारसाँझ ६ः३० बजे प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नौ स्थानीय तहमा, नेकपा एमालेका चार स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका चार स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका तीन स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका दुई स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई स्थानीय तहमा विजयी भएका छन् ।

यसैगरी अहिलेसम्म ६१० वटा वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतगणना बाँकी रहेका १११ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

सत्र वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक


Loading...

Facebook