एमाले नेता नेपालको वडामा राजपाको प्यानाल नै विजयी

Date:September 20, 2017

राजपा

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी भएको छ।

रौतहटको गौर नगरपालिकास्थित नेता नेपालको घर भएको वडा नम्बर २ को वडाध्यक्षमा राजपाका उम्मेदवार राकेशकुमार झा सहितको प्यानल विजयी भएको हो।

राजपा उम्मेदवार झाले ३ सय ७३ मत पाए भने एमालेका उम्मेदवार रामपरीक्षण राय यादवले १ सय ५० मत प्राप्त गरेका थिए। वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल नै विजयी भएको छ । साथै मेयरमा भने एमाललेको अग्रता कायमै छ ।

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि


Loading...

Facebook