वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु

Date:September 19, 2017

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु

प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ ।

सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

पर्सामा १४ स्थानीय तह रहेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना

 


Loading...

Facebook