प्रदेश दुईमा पहिलो हुने पाँच दलको दावी, पहिलो हुने चाहिं को ?

Date:September 6, 2017

एकतीस स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

स्थानीय तहको दुई चरणको निर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेको यो अग्रता तोडेर पहिलो पार्टी बन्ने ध्याउन्नमा नेपाली कांग्रेस छ । ऊ दोस्रो स्थानमा छ । माओवादीसंग मिलेर ऊ सबैभन्दा पहिलो भन्ने दाउमा छ ।

त्यस्तै अहिले तेस्रो स्थानमा रहेको माओवादी केन्द्र पनि कांग्रेससंग मिलेर क्षेत्रमा पहिलो बनेर सिटसंख्या बढाउने दाउमा छ भने मधेशवादी दल राजपा पनि पहिलो बनेर आफ्ना एजेण्डा सही भएको प्रमाणित गर्ने ध्याउन्नमा छ ।

तापनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मधेशमा आफ्नो दल पहिलो बन्ने दाबी प्रस्तुत गरेका छन् ।

 पाँच दलहरुले आफू पहिलो बन्ने दाबी गरिरहँदा अन्य दलमाथि आरोप लगाउन पनि छुटाएका छैनन् । बारा निवासी कांग्रेसका पूर्वसांसद शोभाकर पराजुलीले मधेशमा कांग्रेस पहिलो बन्ने र दोस्रोमा एमाले र राजपावीच प्रतिस्पर्धा हुने बताउनुहुन्छ । उहाँका अनुसार माओवादी चौथो बन्ने छ ।

उता माओवादी नेता मातृका यादवले चाहिँ नेपाली कांग्रेस मधेशमा माओवादीसँग डराएको बताउँदै एमालेको स्थिति राजमार्गमा खस्किएको दाबी गर्नुहुन्छ । ।

उता एमालेका दुई नम्बर प्रदेश सहइञ्चार्ज नागेन्द्र चौधरीले भने एमालेलाई मधेशविरोधी भन्नेहरुलाई यसपालि ‘देखाइदिने दाबी गर्दै एमाले मधेसमा पहिलो दल बन्ने ठोकुवा गर्नुभएको छ ।

मधेश केन्द्रितत दल राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने मधेशमा राजपा पहिलो दल बन्ने र बन्नैपर्ने दाबी गगर्नुभएको छ । उता संघीय फोरमका नेता लालबाबु राउतले पनि आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।

मुलुकका छ प्रदेशमा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिसक्दा सत्तारुढ दल, मधेशवादी दल र विपक्षी दलकै कारण समयमै निर्वाचन हुन नसकेको सो क्षेत्रका मतदाताको बुझाई छ । एकले अर्कोलार्य खुइल्याउने ध्याउन्नमा रहेका दरहरुको रबैयाकाबीच कसको जनाधार कस्तो छ भन्ने अहिले नै भन्न सकिन्न ।

निश्चय पनि अहिले सो क्षेत्रमा राजनीतिक र सैद्धान्तिक भीडन्त एमाले राजपाकै बीच हुनेछ । राजपाका नेताहरुको माग अनुसारको संविधान संशोधनको विपक्षमा उभिएको एमालेलाई सो दलका नेताहरुले मधेशबिरोधीको कित्तामा उभ्याएका र एमालेका बिरुद्ध यस्तै नारा लिएर चुनावी मैदानमा उत्रने उनीहरुको योजना छ ।

प्रदेश नम्बर दुईमा आफ्नो पार्टीको बहुमत आउने दावी


Loading...

Facebook