ललितपुर महानगरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी

Date:May 24, 2017

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् । महर्जन नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै ललितपुर महानगरपालिकाको पहिलो मेयर बनेका हुन्।

गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निकाय निर्वानमा मतदान सकिएपछि सुरु भएको मतगणना नौ दिनका दिन राति सकिएको हो। मेयरमा निर्वाचित नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २४,६६६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ब्यन्जनकारले २४,३०१ मत पाए।

उपमेयरमा साझा पार्टीकी शोभा शाक्यलाई भारी मतले हराउँदै कांग्रेसकी गीता सत्याल विजयी भएकी छन् । पराजित शाक्यले १४,४३३ मत ल्याएकी थिईन् भने विजयी गीता सत्यालले १९,२३६ मत पाएकी थिईन्।


Loading...

Facebook