रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रका विशाल शर्माकाे विजयी

Date:May 17, 2017

रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र फराकिलो अन्तरले विजयी भएको छ । विशाल शर्मा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारलाई २१ सय बढी मतले हराउँदै निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका शर्मा ५ हजार ४२० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबीर गोसाईंले ३२०४ मत पाएका छन् । एमालेका शेरबहादुर केसीको २२८२ मत छ ।

यसैगरी उपमेयर पदमा पनि माओवादी केन्द्रकी राधा रोका विजयी भएकी छन् । उनले ५ हजार ३२५ मत पाएकी छन् ।

उपमेयर पदमा कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४० मत पाइन् । एमालेबाट उपमेयरकी उम्मेदवार कल्याणी खड्काले २ हजार ४१३ मत पाएकी छन् ।

चौरजहारी नगरपालिकाका १४ वडामध्ये १० वटा वडामा माओवादी, ३ वडामा काग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

http://election.nepaljapan.com/election-live-update/bishal-sharma/


Loading...

Facebook