सबैभन्दा बढी ८३ प्रतिशत मतदान भक्तपुरमा

Date:May 15, 2017

निर्वाचन आयोगले आइतबार प्रारम्भिक अनुमानमा सबैभन्दा बढी मतदान रसुवामा र त्यसपछि उपल्लो डोल्पामा भएको भने पनि भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको पाइएको छ ।

आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको हो।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले दिनुभएको जानकारी अनुसार यो देशभरकै बढी हो । भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ ।

जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने सोमबारदेखि सुरुहुने छ ।


Loading...

Facebook