वडा सदस्यको मृत्युपछि निर्वाचनको नयाँ मिति तय

Date:May 12, 2017

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ का निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको छ ।

विहिबार धुलिखेल नगरपालिका– १२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङको मृत्यु भएपछि निर्वाचन आयोगको निर्देशानुसार सो मिति तोकिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिनुभयो ।

सो वडाको निर्वाचन सम्पन्न भएपछि मात्रै धुलिखेल नगरपालिकाको मतगणना हुन्छ उहाँले भन्नुभयो । काभ्रेपलाञ्चोकका जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले सो वडामा सदस्य पदका लागि मात्रै भोलि नै मनोनयन निश्चत भएको जानकारी दिनुभयो । सो वडामा तीन मतदान केन्द्र छन् ।


Loading...

Facebook