वडा अध्यक्षमा एमाले र कांग्रेसले बारबार मत ल्याएपछि गोलाप्रथा

Date:May 16, 2017

वडा अध्यक्षमा एमाले र कांग्रेसले बारबार मत ल्याएपछि लोलाप्रथा गरिएको छ । सल्यान जिल्ला ढोरचौर गाँउपालिकाको ४ वडामा एमाले र कांगे्रसले बराबर मत ल्इाए पछि गोला प्रथा गरिएको हो ।

गोलाप्रथामा भने कांग्रेसका दिनेश विजयी भएका छन्। उक्त वडामा अन्यसदस्यहरु भने सबै एमाले उम्मेदवारले जितेका छन्। उक्त गाउँपालिकाको अध्यक्षमा भने एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन्।

निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नरविर चलाउनेलाई चित्रबहादुरले ३ सय ८७ मतले पराजित गर्दै जित हात पारेका छन्। उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका छन्। माओवादीका नरविरले भने १ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहराले जित हात पारेकी छन्। उनले १ हजार ९ सय ४६ मत पाएकी छन्।


Loading...

Facebook