रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् ।
गौतमले ४,३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् ।
तेस्रो भएका एमालेका मेयरका उम्मेदवार विमल पुनको २३१५ र उपमेयरमा केशरी गौतमले २१५५ मत प्राप्त गरेकी छन् ।
देवीलाल र प्रेमकुमारी माओवादीको तर्फबाट निर्वाचित भएका पहिलो मेयर र उपमेयर हुन् । यससँगै माओवादीले जितेको स्थानीय तहको संख्या ११ पुगेको छ ।
रूकुममा अहिलेसम्म प्राप्त ३० वटा वडाको अन्तिम मतपरिणाम मध्ये २५ वटामा माओवादी केन्द्र, ४ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा एमाले बिजयी भएको छ । रूकुमका ६ स्थानीय तहमध्ये ५ मा माओवादी केन्द्र र एउटामा नेपाली कांग्रेसको अग्रता छ ।
http://election.nepaljapan.com/election-live-update/devika-lal-gautam/