रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका नरबहादुर थापामगर विजयी

Date:May 19, 2017

रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रोशन पाखि्रनले ४३०० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४३९३ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३९९४ मत ल्याइन् ।

माअाेवादीका मेयरका उम्मेदवारले ३२०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३१३८ मत ल्याए ।


Loading...

Facebook