भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।
भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । तर, सुरुवाती अग्रता देवीले लिएका थिए । यो बीचमा एक पटक रेणुले अग्रता लिइन् ।
बाँकी अधिकांश समय देवीले नै अग्रता लिएका थिए । तर, शुक्रबार फेरि रेणु अगाडि देखिएकी छन् । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् ।
रेणु दाहाल माओवादी राज्य समिति सदस्य तथा अध्यक्ष प्रचडकी माहिली छोरी पनि हुन्।
http://election.nepaljapan.com/election-live-update/renu-dahal-%E0%A4%B0%E0%A5%87%E0%A4%A3%E0%A5%81-%E0%A4%A6%E0%A4%BE%E0%A4%B9%E0%A4%BE%E0%A4%B2/