प्रेम सुवाल फराकिलो मतान्तरले विजयी

Date:December 11, 2017

प्रेम सुवाल फराकिलो मतान्तरले विजयी

भक्तपुरमा आफ्नो एकछत्र राज कायम गर्दै आएको मजदुर किसान पार्टीले आफ्नो विरासत जोगाउन सफल भएको छ।

भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल फराकिलो मतान्तरले विजयी भए । सुवालले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतको अन्तरले पराजित गरे।

सुवालले ०७० को दोस्रो संविधानसभाको प्रत्यक्ष निर्वाचनमा पनि जित हात पारेका थिए। सोमबार सम्मपन्न गणनामा प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ३३०७६ , बाबुराजा जोशी (कांग्रेस) १७८१८ प्राप्त गर्न सफल भए ।


Loading...

Facebook