
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९३२७ मतान्तरले पराजित गरेका छन् । प्रचण्डले वाम ४८ हजार २६९ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।