गोकर्णेश्वर नगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका चालिसे विजयी

Date:May 19, 2017

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सम्पन्न मतगणनापछि नगरपालिका प्रमुखमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति समेत रहनुभएका सन्तोष चालिसे विजयी हुनुभएको हो ।

चालिसेले एमालेका पुण्यप्रसाद चौलागाईलाई १४१४ मतले पछि पार्दै विजय हासिल गर्नुभएको हो । उहाँले ९००९ मत प्राप्त गर्नुभयो भने चौलागाईले ७५९५ मत पाउनुभयो ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी शान्ति नेपालले एमालेकै शान्ति श्रेष्ठलाई पराजित गर्नुभएको हो । नेपालले ८५९५ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी एमालेकी शान्ति श्रेष्ठले ८०६२ मत प्राप्त गर्नुभयो ।

९ वडा रहेको गोकर्णेश्वरमा वडाहरुमा भने मिश्रित नतिजा आएको छ । मेयर विजयी चालिसेको गृह वडामा भने कांग्रेसको प्यानल नै विजयी बनेको छ ।

http://election.nepaljapan.com/election-live-update/santosh-chalise/


Loading...

Facebook