कीर्तिपुरको एक मतदान केन्द्रमा सबै महिला कर्मचरी

Date:May 14, 2017

निकर्वाचन आयोगले कीर्तिपुर स्थित एक मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाएको छ ।

कीर्तिपुर नगरपालिक ७ स्थित वैप्णवी माध्यामिक विद्यायलय “क” केन्द्रमा सबै महिला कर्मचरी मात्र खटिएका छन ।

मतदान अधिकृत मन्दिरा शाहीको नेतृत्वमा “क” केन्द्रमा ६ जना महिला कर्मचारी र प्रहरी सहायक निरीक्षक रीता रानाभाटको नेतृत्वमा ६ जना महिला प्रहरी खटिएका छन् ।

मतदान अधिकृत शाहीले केन्द्रलाई महिला मैत्री र नमुना बनाउन महिला मात्रै खटाइएको जानकारी दिनुभयो । कीर्तिपुर नगरपालिकाका १० वटा वडामा ३६ वटा मतदान केन्द्र राखिएको छ ।


Loading...

Facebook