कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षमा हर्ष महर्जन विजयी भएका छन् भने दुई वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यसहित पाँचै पदमा एमाले विजयी भएको हो।
नगरपालिकाको मेयरमा पनि एमालेका रमेश महर्जनले अग्रता लिइरहेका छन्।