काठमाडौं महानगरको मतगणना स्थगित अन्य नगरपालिकाको गणना जारी

Date:May 15, 2017

मुलुकको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मतगणना केही समयका लागि भन्दै पुनः स्थगित गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरे पनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको र पुनः स्थगित गरिएको हो ।

महानगरको मतगणना स्थगित भए पनि अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो ।

पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे २८४, नेकपा एमालेका पुण्यप्रसाद चौलागाईं १८२ र नेकपा माओवादी केन्द्रका टिआर नेपाल १०८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपालले २४२, एमालेका शान्ति श्रेष्ठले  २०५ मत पाउनुभएको छ । उपप्रमुखमा माओवादी केन्द्रले ९७ मत पाउनुभएको छ ।


Loading...

Facebook