पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला इलाम
क्षेत्र नं.
प्राप्त मत 36807

झलनाथ खनाल : Jhala Nath Khanal

प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गर्नुभयो ।

Poltical Descreption and Achievements

खनालले ०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई हराएका थिए । ०५१ पुनः नेपाली कांग्रेसका भट्टराईलाई नै हराएर उनी सांसद बने । खनाललाई ०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले हराए ।

पहिलो संविधानसभा निर्वाचन ०६४ मा खनालले अघिल्लो पटक आफूलाई हराउने कांग्रेसका बेनुपराज प्रसाईंलाई नै हराए । पहिलो संविधानसभाको कार्यकालमा झलनाथ प्रधानमन्त्रीसमेत बने ।

दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यलाई हराउँदै खनाल पुनः संविधानसभाको सदस्य बने ।

०४६ सालको अन्तरिम सरकारमा पहिलोचोटि मन्त्री बनेका खनाल एमालेको ९ महिने अल्पमतको सरकारका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए । उनी ०६७ सालमा ९ महिना प्रधानमन्त्री बने ।इलाम क्षेत्र नं. १ बाट खनालको यो छैटौं पटकको उम्मेद्वारी हो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल छन् ।

एमाले नेता खनाल पञ्चायत कालमा त्रिचन्द्र कलेज पढ्दापढ्दै शिक्षण पेशामा लागेर केही समय बाग्लुङ गएका थिए । त्यहाँ उनको संगत चित्रबहादुर केसीसँग भयो र कम्युनिष्ट पार्टीमा लागे । पछि पूर्व फर्केर उनले चित्रबहादुर केसीको पार्टी छाडी तत्कालीन झापा आन्दोलनको समर्थक बने ।

मदन भण्डारीभन्दा पहिले नेकपा मालेका महासचिव बनेका खनाल केपी ओलीभन्दा अघि एमालेको केन्द्रीय अध्यक्ष थिए ।


Loading...

Facebook