पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला काठमाडौं
क्षेत्र नं.
प्राप्त मत 23029

ईश्वर पोखरेल: Ishwor Pokhrel

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल विजयी भएका छन् ।

एमालेका पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजयी भएका हुन् ।उनले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १० हजार भन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । महतले १३ हजार १६९ मत प्राप्त गरेका हुन् ।

Poltical Descreption and Achievements

०५६ मा साबिक काठमाडौं ३ बाट सांसद निर्वाचित भएका पोखरेल हालको काठमाडौं ५ बाट ०६४ र ०७० मा दुवैपटक कांग्रेसका नरहरी आचार्यसँग पराजित हुनुभयो ।

०४८ सालको संसदीय चुनावमा धनुषा ३ बाट पराजित भएका पोखरेल ०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार बन्नुभएको थियो । तत्कालीन नेकपा माले र हालैको एमालेका संस्थापक नेता पोखरेल एकपटक राष्ट्रियसभाको सदस्य पनि बन्नुभएको थियो ।

पञ्चायतकालभरि भूमिगत राजनीति गर्दै पाटीको केन्द्रीय नेतृत्वमा रहेका पोखरेल दुईपटक एमालेको महासचिव भइसक्नुभएको छ । एकपटक आपूर्ति मन्त्री र दोस्रोपटक छोटो समयका लागि उपप्रधानमन्त्री रपरराष्ट्रमन्त्री बन्नुभएका पोखरेल एमाले र माओवादीको पार्टी एकीकरण संयोजन समितिको सदस्य समेत हुनुहुन्छ ।


Loading...

Facebook