पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला इलाम
क्षेत्र नं. . २
प्राप्त मत 36514

सुवासचन्द्र नेम्बाङ: Subhash Chandra Nemwang

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी हुनुभएको छ।

नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी बिजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याउनुभयो ।

Poltical Descreption and Achievements

कानूनमा स्नातक र मानविकीमा बीए गरेका नेम्वाङ ०२८ सालदेखि राजनीतिमा आउनुभएको हो । ०२८ सालमा इलाम क्याम्पसमा स्ववियु सभापतिसमेत बन्नुभएका नेम्वाङ

०३५ सालदेखि नेम्वाङ नेपाल ल क्याम्पसमा प्राध्यापन र सर्वोच्च अदालतमा वकालत गर्नुहुन्थ्यो । ०४३ देखि ०४५ सालसम्म नेपाल बार एशोसिएसनको महासचिव हुनुभयो ।

नेम्वाङ वि.सं. ०४७ सालमा पाँचौ महाधिवेशनवाट ने.क.पा.एमालेको केन्द्रीय न्यायिक समितिमा निर्वाचित तथा ०४८ सालदेखि निरन्तर दुई पटक राष्ट्रिय सभा सदस्य बन्नुभयो ।

वि.सं ०५१ सालमा बनेको एमालेको ९ महिने सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका नेम्वाङले सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्रीको अनुभव पनि संगालि सक्नुभएको छ ।

०५४ को छैठौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी सदस्य बन्नुधएका नेम्वाङ०५९ को सातौं महाधिवेशनबाट पुनः एमाले केन्द्रीय कमिटी सदस्य र दोस्रो संविधानसभामा एमाले संसदीय दलको उपनेताको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।


Loading...

Facebook