
सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्।
गच्छदार निकटतम प्रतिद्वन्द्वी एमालेकी नेत्री भगवती चौधरीलाई ३ सय २१ मतान्तरले हराउँदै विजयी भएका हुन्। गच्छदार निर्वाचित भएसँगै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सबै क्षेत्रको परीणाम सार्वजानिक भएको छ ।
गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएका छन् भने भगवती चौधरीले ३८ ६ सय ५१ मत ल्याइन्। यसअघि मतगणनामा भगवतीले लगातार अग्रता लिँदै आइरहेकी थिइन्। नौ वटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन्।