२ नम्बर प्रदेशमा निर्वाचनको सबै तयारी पुराः बुधबार उम्मेदवारी दर्ता

Date:September 6, 2017

निर्वाचन आयोग

अशोज २ गते हुने प्रदेश २ को स्थानीय चुनावका लागि बसै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर निर्वाचनको सबै तयारी पुरा भएको जनाएको हो । जसअनुसार भोलि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । प्रदेश २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।

प्रदेश नम्बर २ मा निर्वाचन तयारी सुरु


Loading...

Facebook