हुम्लाकाे पाजाकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

Date:May 16, 2017

पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याउनुभएको छ ।

वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् ।

http://election.nepaljapan.com/election-live-update/bagdal-malla/


Loading...

Facebook