
स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका उम्मेदवार दिपक थापा निर्वाचित हुनु भएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस तथा पूर्वसांसद समेत रहेका कमल प्रसाद पंगेनीलाई दुई हजार ७२६ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो ।
थापाले १७ हजार ३९२ र पंगेनीले १४ हजार ६६६ मत पाउनु भएको थियो ।