
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, उपप्रमुखमा नेकाका मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा एमालेका विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा माओवादी केन्द्रकी नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।