सिरहा–१ मा काँग्रेसका गिरी विजयी

Date:December 11, 2017

प्रदीप गिरी 

सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरी  विजयी हुनुभएको छ ।

गिरीले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी हुनुभएको छ । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गर्नुभयो ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गर्नुभयो ।


Loading...

Facebook