
सोमबार निर्वाचन सम्पन्न भएका प्रदेश नं. २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु भएको छ ।
सुरुवातमा माओवादी केन्द्रले दुई वडा अध्यक्ष विजयी बनेर खाता खोलेको थियो भने सिरहाबाट कांग्रेसले खाता खोलेको छ । लाहान नगरपालिकाको वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार सियाराम यादव निर्वाचित भएका छन् ।
ताजा स्थितिमा आठ नगरपालिकामा दलहरुले प्राप्त गरेको मत यस्तो छ :
र्इश्वरपुर नगरपालिका, सर्लाही– एमालेः ३१३, माओवादीः २५१, कांग्रेसः १७६, राजपाः११९
गोलबजार नगरपालिका, सिरहा– देवनाथ साह, माओवादीः १५८, श्याम श्रेष्ठ, एमालेः ८९, राजदेव साह, कांग्रेसः ८७, कृष्णकुमार सिंह, संघीय फोरमः ५८
लहान नगरपालिका- संघीय फोरम (वैद्यनाथ साह): ७०४, कांग्रेस (अच्मितलाल चौधरी): ७२५, राप्रपा: (लगनलाल चौधरी) – ६९१, एमाले (मुनी साह) – ६४५
भंगहा नगरपालिका, महोत्तरी– मओवादीः २३१, राजपाः २०६, कांग्रेस: १९९, एमालेः१००, संघीय फोरमः ६५
इश्वरपुर नगरपालिका सर्लाहीको– नेकपा एमाले (मनोज देवकोटा): २३९, माओवादी केन्द्र (जयप्रकाश चौधरी): १९२, नेपाली कांग्रेस (प्रमोदकुमार बराल): १५७
महोत्तरीको बर्दिवास नगरपालिका- नेपाली कांग्रेस : ६३१/४२९, माओवादी केन्द्र: ३४४/२९६, एमाले: २७५/३७५
नरहा गाउँपालिका, सिरहा- रामशरण यादव, एमालेः २०१, कौशल मण्डल, कांग्रेसः १७२,
रामसोगारथ यादव, फोरमः ५६, दुःखमोचन यादव, माओवादीः ८,रामनारायण यादव, राजपाः १
बाराको जितपुर सिमरा उपमहानगरपालिका- एमाले (कृष्ण पौडेल): १२३, कांग्रेस (कृष्णव्रत सिंह): ६८, माओवादी (राजन पौडेल): ६५
महागढीमाई नगरपालिका, बारा- कांग्रेसः ६६०, माओवादीः १०५, एमालेः १२