सिम्रौनगढमा काँग्रेस र राजपा विजयी

Date:September 23, 2017

काँग्रेस र राजपा विजयी

सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विजयशंकर यादवले जित हात पार्नुभएको छ ।

यादवले पाँच हजार १३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याउनुभएको छ । साहलाई का“ग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठ्नुभएको थियो ।

यसैगरी उपप्रमुखमा राजपाकी मीरा देवीले काँग्रेसकी रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पार्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसकी रीता कुसवाहाले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिनुभयो ।

विश्रामपुरमा लोकतान्त्रिक फोरम 
विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । पार्टीले बारामा पहिलो पल्ट खाता खोलेको हो । फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याउनुभएको छ ।

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी


Loading...

Facebook