
सोमबार भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ ।
यस्तैमा जनकपुरको जनकनन्दमी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा संघीय समाजवादी फोरमका धर्मेन्द्र गोइत विजयी भएका छन् । पहिलो मत परिणाममा भने माओवादी केन्द्र विजयी भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भएका थिए ।