शिवराज नपाको उपमेयरमा २२ वर्षीया शिवकुमारी

Date:July 5, 2017

राजनीति उमेरमा पाकाले मात्र गर्न सक्छन् भन्ने मान्यता हराउँदै गएको छ । पार्टीहरुले पनि भर्खरका युवालाई उम्मेदवार बनाएर परीक्षण नै गर्न थालेको छ । यस्तै परीक्षणमा सफल भएको छ नेकपा एमाले कपिलवस्तुको शिवराज नगरपालिकामा ।

सो नगपालिकाको उपमेयरमा एमालेले उम्मेदवार बनाएकी २२ वर्षे शिवकुमारी थारुले सानदार विजय हात पारिन् । पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीका तर्फबाट रञ्जु दर्शनाले उम्मेदवारी दिएर सम्मानजनक मत पाएपछि उनको चर्चा देशव्यापी भयो ।

अहिले रञ्जुकै जस्तो चर्चा छ कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयर विजयी २२ वर्षीया शिबकुमारी थारुको ।

नेकपा एमालेबाट सो नगरपालिकाको उम्मेदवार बनेपछि देशभर निकै चर्चामा रहेकी थारू शिक्षकबाट राजीनामा दिएर उपमेयरको उम्मेदवार बनेकी थिइन् । प्रखर वक्ताको रुपमा सामाजिक संजालमा समेत चर्चामा रहेकी उनी सरस्वति निमाविकी शिक्षीका थिइन र विपक्षीलाई झन्डै तीन गुणा मतले पछी पार्दै बिजयी बनेकी हुन ।

सो नगरपालिकाको मेयरमा पनि एमालेकै उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । एमालेका नेत्रराज अधिकारीले ६१५५ मत र उपमेयर थारूले ५९६२ मत पाइन ।


Loading...

Facebook