लहान नगरपालिकाको मतगणना स्थगित : रौतहटमा कांग्रेसले खाता खोल्यो

Date:September 19, 2017

सिराहाको लहान नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएपछि निकटतम प्रतिद्वन्द्वी रहेको संघीय समाजवादी फोरमलृ पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित भएको छ ।

सो नगरपालिकामको वडा नं. ३ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । २ मा कांग्रेस उम्मेदवार दुई मतले विजयी भएपछि कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद उत्पन्न भएको हो । विवादका कारण मतगणना स्थगित भएको छ ।

उता रौतहटको ईशानाथ नगरपालिकामा नेपाली कांग्रेसको वडा अध्यक्षले खाता खोलेका छन् । सो नगरपालिकाको वडानम्बर १ मा कांग्रेसका उमेदवार बिगु साहले ५ सय ८२ मत ल्याई विजयी भएका हुन् । साहका निकटतम नेपाल लोकतान्त्रिक फोरमका शिवशंकर प्रसादले ३ सय ३१ मत प्राप्त गरेका थिए ।

नगर प्रमुखमा कांग्रेसका कौशल्या देवीले ५ सय ४७ मत ल्याई अग्रस्थानमा छिन् । कांग्रेसकै उपप्रमुखका उम्मेदवार शेखकलाम हुसैनले ५ सय ५४ मत प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका सन्तोषकुमार मेहता ३ सय ५५ मत र उपप्रमुखमा हुस्ने आराले ३ सय ११ मतले पछ्याईरहेका छन् ।

सिरहाबाट कांग्रेसले खोल्यो खाता


Loading...

Facebook