रोशी गाउँपालिकाकाे १२ मा माओवादी केन्द्रको प्यानल विजयी

Date:May 15, 2017

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गर्नुभएको छ । सो वडामा सात सय १७ मत खसेको थियो ।

त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गर्नुभएको छ । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ ।


Loading...

Facebook