महोत्तरीमा माओवादी केन्द्रले तय गर्यो उम्मेदवार

Date:September 6, 2017

महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र २ नम्बर प्रदेशका पार्टी इन्चार्ज मातृकाप्रसाद यादवको सहभागितामा बसेको बैठकले महोत्तरीका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार टुंगो लगाएको हो।

जलेश्वर नगरपालिका प्रमुखमा कौरालेन्द्र शर्मा र उपप्रमुखमा किरण ठाकुर, बर्दिबास नगरपालिका प्रमुखमा विदुर कार्की र उपप्रमुखमा कृष्णमाया गौतम, गौशाला नगरपालिका प्रमुखमा शिवनाथ महतो र उपप्रमुखमा आगा लामा, लोहारपट्टी नगरपालिका प्रमुखमा अमरनाथ यादव र उपप्रमुखमा शोभाकुमारी यादव, रामगोपालपुर नगरपालिका प्रमुखमा अशोक मण्डल र उपप्रमुखमा सीतादेवी शाह, मनरा नगरपालिका प्रमुखमा राजेन्द्र शाह र उपप्रमुखमा सुन्दरकला देवी यादव  तथा मटिहानी नगरपालिकका प्रमुखमा राजकिशोर मण्डल र उपप्रमुखमा सविला खातुनलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ।

यस्तै पिप्रा गाँउपालिका अध्यक्षमा राम जानकी यादव, उपाध्यक्षमा गीता देवी दास, महोत्तरी गाँउपालिकाको अध्यक्षमा गान्दी यादव र उपाध्यक्षमा ववितादेवी दास, सोनमा गाँउपालिका अध्यक्षण्मा मंशकी मन्सुर, एकडाँरा गाँउपालिका अध्यक्षमा महेश यादव र उपाध्यक्षमा देवी तिवारी तथा सम्सी गाँउपालिका अध्यक्षमा फारुक सेकुम र उपाध्यक्षमा नगिना देवी यादवलाई उम्मेदवार बनाउने निर्णय पनि माओवादीले गरेको छ। बाँकी औराही, बलवा र भंगाहा नगरपालिकाको उम्मेदवार दिउँसो २ बजेसम्ममा टुंगो लगाउने पार्टीका निर्वाचन परिचालन समिति सदस्य तुलसी ढुंगानाले जानकारी दिए।

स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न गराउन दलहरु प्रतिबद्ध


Loading...

Facebook