मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।
अध्यक्षमा एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको छ । यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।
मनाङमा पहिलो पटक एमालेले चुनाव जितेको हो ।