
सातवटा प्रदेशका ३३० सिटमध्ये ३०३ को परिणाम सार्वजनिक भएको छ, जसमा एमाले एक्लैको १५६ सिट आएको छ । र, २ नम्बरबाहेकका प्रदेशमा एमालेले सरकार बनाउने सम्भावना रहेको छ ।
हालसम्म वाम गठबन्धनको मुख्य घटक माओवादीले ६३ स्थान जित्दा कांग्रेस तेस्रोमा खुम्चिएको छ । उसले ३९ स्थानमा जित हासिल गरेको छ । मधेसवादी दलहरूले दुई नम्बर बाहेकका प्रदेश सभामा उमेदवारी दिएको भए पनि जित हासिल गर्न सकेनन् ।
संघीय समाजवादी फोरम नेपालले एक नम्बर प्रदेशमा एक सिट र पाँच नम्बर प्रदेशमा ३ सिट जित हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टीले सात नम्बर प्रदेशमा एक सिटमात्रै जित्न सकेको छ ।