प्रदेश नंं २ मा माओवादी केन्द्रको खाता खुल्यो

Date:September 19, 2017

माओवादी केन्द्र

सोमबार भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ । पहिलो मत परिणाममा माओवादी केन्द्र विजयी भएको छ ।

प्रारम्भिक मतपरिणाममा सिराहाको कजन्र्हा नपाको वडा नं १ र धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्र विजयी भएको छ ।

मंगलबार बिहानसम्म प्राप्त २ वटा वडाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रले जित हात पारेको हो ।सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादीले जित हात पारेको छ । वडाध्यक्षमा माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै रातिदेखि नै मतगणना सुरु भएको र सुरुवाती अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन् ।

सोमबार १३६ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । राजविराज नगरपालिकामा भने ५ गतेपछिमात्रै मतगणना हुनेछ ।

मंगलबार बिहानसम्मको मतांकका आधारमा हेर्दा अधिकांश स्थानीय तहमा विभिन्न ६ वटा दलवीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । मंगलबार बिहानसम्म सिरहाको लाहान नगरपालिकामा नेपाली कांग्रेस, एमाले र राजपावीच प्रतिस्पर्धा देखिएको छ ।

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु


Loading...

Facebook