प्रदेशसभा कास्की ३ (क) मा बराल र (ख) मा पहारी निर्वाचित

Date:December 10, 2017

रामजी बरालप्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ ।

उहाँले १५ हजार ८२३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाउनुभएको छ । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले आफू सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताउनुभयो ।

राजीव पहारीयस्तै क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार १६७ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाउनुभएको थियो । क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँले फेवातालको संरक्षण र विकास निर्माणमा आफूले विशेष ध्यान दिने बताउनुभयो ।


Loading...

Facebook