प्रदेशसभा इलाम १ (क) मा लिम्बू विजयी

Date:December 10, 2017

खिनु लङ्वा लिम्बूप्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)की खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याउनुभएको छ ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उहाँ मात्रै बन्नुभएको थियो ।


Loading...

Facebook