
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल प्रदेशसभा सदस्य पदमा जारी चुनावमानै सर्वाधिक कम मतान्तरले पराजित भएपछि विवाद भएको छ। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए । उनी लेकतान्त्रिक गठबन्धनबाट उम्मेदवार थिए भने कोइराला बाम गठबन्धनबाट चुनाव लडेकी थिइन् ।
कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । पौडल नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । यसैबीच कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् । पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी समेत गरेका छन् ।