दोलखा प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् । गुरुङ ५५ हजार ९५४ मत ल्याएर बिजयी भएका हुन् । गुरुङ अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दि काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याएका छन् । गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ छ । गुरुङ एमाले केन्द्रीय सदस्य तथा पुर्व सांसद् हुन् । त्यस्तै दोलखा प्रदेश सभा ‘क’ तर्फ बाम गठबन्धनका बिशाल खड्का २८ हजार ३५० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दि लोकतन्त्रिक गठबन्धनका बर्मा लामाले १२ हजार ९५६ मत ल्याएका छन् ।
प्रदेश सभा ‘ख’ तर्फ एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले २३ हजार ३८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटमत प्रतिद्धन्दि केशव चौलागाईले १० हजार ८८० मत ल्याएका छन् । मालेका तर्फबाट उम्मेदवार बनेका लालकुमार केसीले ३ हजार ४१५ मत ल्याएका छन् ।