
नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्।
तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै जित हासिल गरेका हुन्। काग्रेसको वरिष्ठ नेता समेत रहेका महत फराकिलो अन्तरको हार ब्योहोर्न बाध्य भए ।
नुवाकोट १ को अन्तिम नतिजा अनुसार:
हितबहादुर तामाङ (माओवादी केन्द्र) ३६,४७३
रामशरण महत (कांग्रेस) २७,९२०