
प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँले ३२ हजार ४४ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झा ८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।
राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गर्नुभयो ।