धनुषाधाम र पर्सागढी नगरपालिकामा काँग्रेस विजयी

Date:September 22, 2017

काँग्रेस

प्रदेश नं. २ को धनुषाधाम र पर्सागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेससका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यसै गरी पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गर्नुभएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सो नगरपालिकाको वडा नं। १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी हुनुभएको छ ।

वडा नं। २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी हुनुभएको छ भने वडा नं। ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


Loading...

Facebook