देवचुली नगरपालिकाको २ वडामा एमाले र एकमा कांग्रेस प्यानल विजयी

Date:May 15, 2017

नवलपरासीको ८ वटै स्थानीय तहमा मतगणना जारी छ ।  नवलपरासीको नवलपुर क्षेत्रको ४ नगरपालिका र ४ गाउँपालिकामा मतगणना भइरहेको छ ।

अहिले सम्मको नतिजामा विनयी त्रिवेणी ५ मा कांग्रेसको प्यानलै विजयी भएको छ भने देवचुली नगरपालिकामा १ र ६ मा एमाले विजयी भएको छ ।

देवचुली नगरपालिकाको वडा नं. ६ मा एमालेका उम्मेदवार मिन बहादुर सोती सहितको प्यानल र देवचुली नगरपालिकाको वडा नं १ एमालेकै उम्मेदवार लक्ष्मण भण्डारी सहितको प्यानल विजयी भएको हो । विजयी भएपछि एमाले नेता कार्यकताहरुले बाजागाजा सहित याली निकालेका छन् ।

देवचुली नगरपालिकामा एमालेका मेयरका उम्मेदवार हरि न्यौपानेले ९३० मत ,कांग्रेसका पूर्णकुमार श्रेष्ठले ९१४ मत ल्याएका छन् । माओवादी केन्द्रका सत्य नारायण भुसालले ३९५ मत प्राप्त गरेका छन ।


Loading...

Facebook