जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

Date:September 21, 2017

स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी हुनुभयो । निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गर्नुभएको थियो ।

जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्याम झाले २४० मत प्राप्त गर्नुभएको थियो ।

विरगञ्ज महानगरपालिका : राजपालाई पछयाउँदै कांग्रेस


Loading...

Facebook